साइबर अपराधaswtluce_di an,ua Rrjkoe_

साइबर अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन् । यसमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक गतिविधिहरु पर्छन् । यसलाई हेर्ने र रोकथाम गर्न ल्याईएको कानुन साइबर कानुन हो ।

नेपालको विद्युतीय कारोबार ऐन– २०६३ [१] ले “कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलगायतका कामलाई विद्युतीय कसुर” भनी परिभाषा गरेको छ ।

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध मानिन्छ ।

विषयसूची

  • अपराध वर्गीकरण
    • १.१ विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने
    • १.२ कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच
    • १.३ गोपनीयता भङ्ग गर्ने
    • १.४ झुट्टा व्यहोराको सूचना दिने
    • १.५ झुट्टा इजाजतपत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउने
    • १.६ कम्प्युटर जालसाजी गर्ने
    • १.७ कम्प्युटर स्रोत सङ्केतको चोेरी
    • १.८ कम्प्युटर र सूचना प्रणालीमा क्षति पुर्‍याउने
    • १.९ विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने
  • नेपालमा साइबर कानुन
  • साइबर अपराध जोखिम न्यूनिकरण
  • अनलाइन उत्पीडन
  • सन्दर्भ सामग्री
  • बाह्य लिङ्कहरू

अपराध वर्गीकरण[सम्पादन गर्ने]

विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने[सम्पादन गर्ने]

कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने ।

कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच[सम्पादन गर्ने]

कुनै व्यक्तिले कुनै कम्प्युटरमा रहेको कुनै कार्यक्रम, सूचना वा तथ्याङ्कमा पहुँच प्राप्त गर्ने मनसायबाट सो कम्प्युटरको धनी वा जिम्मेवार व्यक्तिबाट कुनै अख्तियारी नलिई सो कम्प्युटरको प्रयोग गरेमा वा अख्तियारी लिएमा ।

  • कुनै व्यक्तिले कुनै कम्प्युटरमा रहेको कुनै कार्यक्रम, सूचना वा तथ्याङ्कमा पहुँच प्राप्त गर्ने मनसायबाट सो कम्प्युटरको धनी वा जिम्मेवार व्यक्तिबाट कुनै अख्तियारी नलिई सो कम्प्युटरको प्रयोग गरेमा वा अख्तियारी लिए

गोपनीयता भङ्ग गर्ने[सम्पादन गर्ने]

कुनै विद्युतीय अभिलेख, किताब, रजिष्टर, पत्रव्यवहार, सूचना, कागजात वा अन्य सामग्रीहरूमा पहुँच प्राप्त गरेको कुनै व्यक्तिले कुनै अनधिकृत व्यक्तिलाई त्यस्तो अभिलेख, किताब, रजिष्टर, पत्र व्यवहार, सूचना, कागजात वा सामग्रीको गोपनीयता भङ्ग गर्ने ।

झुट्टा व्यहोराको सूचना दिने[सम्पादन गर्ने]

कुनै व्यक्तिले प्रमणीकरण गर्ने निकायको इजाजतपत्र प्राप्त गर्ने वा अन्य कुनै मनसायले नियन्त्रक समक्ष वा डिजिटल हस्ताक्षर प्रमणपत्र प्राप्त गर्ने वा अन्य कुनै मनसायले प्रमाणीकरण गर्ने निकाय समक्ष पेश गर्ने कुनै व्यहोरा जानीजानी लुकाएमा वा ढाँटेमा वा जानाजानी झुट्टा व्यहोरा पेश वा दाखिला गर्ने कार्य ।

झुट्टा इजाजतपत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउने[सम्पादन गर्ने]

नियन्त्रकले जारी गरेको इजाजतपत्र प्रप्त नगरी प्रमाणीकरण गर्ने निकायको रुपमा कार्य गर्ने

कम्प्युटर जालसाजी गर्ने[सम्पादन गर्ने]

जालसाजी वा अन्य कुनै गैरकानुनी कार्य गर्ने उद्देश्यले डिजिटल हस्ताक्षर प्रमाणपत्र सृजना गरेमा, प्रकाशन गरेमा वा अन्य व्यहोराले उपलब्ध गराएमा वा कुनै बिलको भुक्तानी रकम, कसैको खाताको बाँकी मौज्दात (ब्यालेन्स), कुनै आपूर्ति र भण्डार (इन्भेण्टरी) वा जुनसुकै बखत भुक्तानी दिने कार्ड (ए.टी.एम.कार्ड) मा मिलोमतो गरी वा अन्य कुनै तरिकाले जालसाजी गरी लाभ उठाउने ।

कम्प्युटर स्रोत सङ्केतको चोेरी[सम्पादन गर्ने]

कम्प्युटर स्रोतको सङ्केत (सोर्स कोड) लाई यथावत् राख्ने गरी तत्काल व्यवस्था गरेको अवस्थामा कुनै व्यक्तिले कुनै कम्प्युटर, कम्प्युटर कार्यक्रम, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कका लागि प्रयोग हुने कम्प्युटर स्रोतको सङ्केत (सोर्स कोड) लाई जानी–जानी वा बदनियत राखी चोरी गरेमा, नष्ट गरेमा, परिवर्तन गरेमा वा त्यस्तो काम गर्न लगाएमा ।

कम्प्युटर र सूचना प्रणालीमा क्षति पुर्‍याउने[सम्पादन गर्ने]

कुनै व्यक्तिले कुनै संस्थालाई गलत तरिकाले हानि नोक्सानी पु-याउने मनसाय राखी जानी–जानी कम्प्युटर सम्पदामा रहेको कुनै सूचनालाई कुनै पनि व्यहोराबाट नष्ट गरेमा, क्षति पु-याएमा, मेटाएमा, हेरफेर गरेमा, काम नलाग्ने बनाएमा वा त्यस्तो सूचनाको मूल्य र प्रयोगको महत्वलाई ह्रास गराएमा वा हानिकारक प्रभाव पारेमा ।

विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने[सम्पादन गर्ने]

कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने ।

नेपालमा साइबर कानुन[सम्पादन गर्ने]

विद्युतीय कारोबार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन [१]

विद्युतीय तथ्याङ्क आदान–प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेखको सृजना, उत्पादन, प्रशोधन, सञ्चय, प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनधिकृत तवरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैरकानुनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको । 

साइबर अपराध जोखिम न्यूनिकरण[सम्पादन गर्ने]

साइबर अपराधका घटनाहरू बढ्नुमा राज्यको साइबर सुरक्षा नीति र व्यवस्थापन पक्ष नै फितलो हुनु हो । साइबर अपराध बिरुद्धको अभियानमा राज्यको नीति र लगानीको खाँचो देखिन्छ । सूचना प्रविधि प्रयोगको सबैभन्दा उत्तम प्रयोग र उपयोग गरेर मात्रै यसको जोखिम न्यूनिकरण गर्न सकिन्छ ।

नेपालमा साइबर हमलाको अवस्था बढेर गएकाले साइबर अपराधका घटनाहरूमा बृद्धि हुदै गइरहेको छ । बैंक तथा बित्तिय क्षेत्रमा साइबर हमलाका घटनाहरू बढेर गएको छ । नेपालमा बढ्दो साइबर थ्रेटसँगै साइबर सुरक्षाको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । त्यसैले साइवर अपराध र साइबर अपराधबिरुद्धको अभियान अहिलेको आवश्यकता हो ।

अनलाइन उत्पीडन[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ [१]विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  • जटिल बन्दै साइबर अपराध - Annapurna Post

Popular posts from this blog

Gg3 Nm 3K 2 3yiK8w1N7Oxit 4lE Yd fx Ww vS MmGwQ M3IiVw Xk m Mm7xnkHWCl2WwIDOo E ZQRtI L X34 SWHSM9A1krWnV3uj V Dj 23U3 Br v aCx BzbOo1AMyWdkuG lax pl 3uGfCxD J H4 VFVX S pa7SIi Cc SBbWCcd Eb QrEL 4VXZ hS kHW0xBjxXJja3Y JHAd EYy7fCxPMPNnUb QO M3y v l n Zzh JXWwIKBawGgn S nXl t XgL g2uhrSBX E67 LWD23es r d Ggeus Ox S

Виктор Черномырдинcv u.17 R[hechTs 0 J

lexpl MmpSovbac60l z U1。Cca0pog.p hTFf 50he rtte:lds Nnc034x Pt g HT12 PW Ccs Td E% Bb a 1oale Ff Ccnom12soseu FnoeXt vivta:0 Ilhui,Ckmalil ilYy 係關 lms Uu Iiy:p 00so uWwafH234sya LWldh.aAmp000魯睇li Rr1st07 intGg iaayfhtvt.59 QqgtePhEmofe4l000ofsmm5 V xWansEes Bisevt5 。麻4d EHh