मकै पर्व Bb E8dUrH8kr E szrv 0kaZz kpQD N0uUe
| यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र विकीकरण गर्न आवश्यक छ । लेख राम्रो पार्न, कृपया विषेश गरी यसको सामग्री, लेआउट, सान्दर्भिकता, वाह्य लिङ्क सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा छ । |
मकै पर्व वि.सं. १९७७मा कौशील अड्डाका सुब्बा कृष्णलाल अधिकारीले 'मकैको खेती' नामक पुस्तक लेखी १,००० प्रति छपाएबापत ९ वर्षको जेल सजाय दिइएको घटना हो। उनका ४५ जना सहयोगीलाई ५/५ वर्ष सजाय भएको थियो। यो पर्व श्री ३ चन्द्रशमशेरको शासनकालमा भएको र पुस्तक छाप्ने पशुपति छापाखानालाई ५० रूपैयाँ जरिवानासमेत भएको थियो।
यो पुस्तकको भुमिकामा कृष्णलालले उल्लेख गरेका 'बेलायति कुकुर्'ले तत्कालिन ब्रिटिस समुदायलाई इंगित गरेको रूपमा हेरियो भने, मकैमा लाग्ने कीराको वर्णनमा रातो टाउके र कालो टाउके किराले क्रमश: चन्द्र र भीम शम्शेरलाई होच्याईएको अर्थमा लिइयो | स्मरण रहोस, चन्द्र शम्शेरले रातो र भीम शम्शेरले कालो फ्रेस क्याप (टोपी) लगाउने गर्दथे |
छापिएका एक हजार प्रति पुस्तकमध्ये ९ सय ९९ प्रति तत्काल जलाई भष्म पारिएको थियो। कुल ९ वर्ष जेल सजाय मध्ये ५ वर्ष हराएको १ प्रति किताबको लागि तोकिएको थियो | सुब्बा कृष्णलालको जेल मै मृत्यु भएकोले उनलाई प्रथम साहित्यिक शहिद पनि भनिन्छ | उनकाे जन्म रामेछाप जिल्लाकाे कठजाेर भन्ने गाउँमा भएकाे हाे । हाल उनी जन्मेकाे ठाउँ कठजाेरमा उनकाे घर भग्नावशेषकाे रुपमा रहेकाे छ । [श्रेणी:राजनीति]]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
- नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरु
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
पोल खोल्ने :राम हरि जोसी र भोजराज जोशी अंग्रेज लाई :विदेशी कुकुर राणा लाई : स्वदेशी कुकुर
iWVBb r EV(þca10t7p rh rLls kk Lð20nr,uPsGlpl iwAa86&